arrow

एमालेबाट निर्वाचित वडाध्यक्ष बलात्कारको आरोपमा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
pakrau9.jpg

बैतडी । बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका-१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् । वडाध्यक्ष नेगी एमालेबाट निर्वाचित भएका हुन् ।

२८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।  

पीडित महिलाको स्वास्थ्यपरीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पतालमा गरिएको छ । आरोपित दुवै जनालाई हिरासतमा राखी अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित महिला परिवारकै संरक्षणमा रहेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ