arrow

वरिष्ठ लोकगायक क्षेत्रबहादुर गुरुङलाई मातृशोक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
Himati gurung.jpg

पोखरा । वरिष्ठ लोकगायक क्षेत्रबहादुर गुरुङलाई मातृशोक परेको छ । उनकी ममतामयी आमा हिमती गुरुङको सोमबार निधन भएको छ ।

उनको ९६ वर्षको उमेरमा पोखरास्थित फिस्टेल अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । हिमती श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित थिइन् ।

स्व. हिमतीको अन्तिम संस्कार भोली बुधबार बिहान ९ बजे तमु प्ले ह्लु संघमा हुने तय गरिएको छ । गुरुङका एक छोरा र एक छोरी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ