कृषिमार्फत जनतालाई समृद्ध बनाउन सरकार प्रतिवद्ध : मन्त्री बुढा
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
277
Shares
पोखरा । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले प्रदेश सरकार कृषिमार्फत जनतालाई समृद्ध बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
कृषिको विविधिकरणमा गण्डकी प्रदेश एक नम्बर रहेको भन्दैै बुढाले मन्त्रालय कृषि उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउन लागि परेको स्पष्ट पारे ।
पोखराको हेम्जास्थित मानव सेवा आश्रममा आयोजित कृषि सामग्री वितरण कार्यक्रममा उनले सरकार कृषिमा आत्मनिर्भर बनाउन लागि परेको भएता पनि जग्गा बाँझो राख्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरे । मानिसहरु सुखको खोजीमा लाग्ने प्रवृत्तिमा लागेको भन्दै उनले जग्गा बाँझो राखेर विदेशबाट आयात गरेर समृद्धि नआउने तर्क गरे ।
भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेशको समन्वयमा कृषि ज्ञान केन्द्र, कास्कीबाट मानव सेवा आश्रमलाई कृषि सामग्री वितरण गरिएको हो । सो अवसरमा मन्त्री बुढाले तीन थान टनेल जाली, फलफूलका बिरूवा र तरकारीको बिउबिजन लगायतका सामाग्री आश्रमलाई हस्तान्तरण गरेका थिए ।