arrow

बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
pakrau9.jpg

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिकाका वडा नं. ६ ठिमुरेका ३१ वर्षीय भक्तबहादुर झेडी रहेका छन् ।

गत असार ७ गते साँझ पौने ८ बजेको समयमा एक बालिकालाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भक्तले सामुदायिक वनमा लगेर बालिकामाथि जबर्जस्ती करणी गरेका थिए । 

पीडित बालिकाको आमाले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ