ईपीएस परीक्षा : कृषि तथा पशुपालनतर्फ १८ सय नेपाली छानिए
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
1.3k
Shares
काठमाडौं । दक्षिण कोरियाली रोजगारी अनुमति प्रणाली ( ईपीएस) परीक्षामा एक हजार ८०९ जना उत्तीर्ण भएका छन् ।
सोमबार वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कृषि तथा पशुपालनतर्फको नतिजा सार्वजनिक गरेको हो ।
कृषि तथा पशुपालनतर्फको परीक्षामा सहभागी छ हजार ५९७ जना मध्ये एक हजार ८०९ जना उत्तीर्ण भएको शाखाले जनाएको छ ।
२०७९ जेठ १९ गते देखि असार ३ गतेसम्म परीक्षा भएको थियो । कोरिया जान उत्तीर्ण परीक्षार्थीहरूले रोजगार आवेदन फारम, प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षणमा पनि पास हुनुपर्नेछ ।