arrow

देउवा र ठाकुरबीच भेटः चालु अधिवेशनमै नागरिकता विधेयक ल्याउने प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ११ शनिबार
deuba-thakur.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरवीच पुनः भेट भएको छ । शनिबार दिउँसो देउवालाई भेट्न ठाकुर र लोसपाका नेता लक्ष्मणलाल कर्ण बालुबटार पुगेका थिए । 

लोसपाले राखेका माग पूरा गराउने विषयमा प्रधानमन्त्रीसँग भेट गरेको नेता कर्णले जानकारी गराए । उनका अनुसार देउवाले चालु अधिवेशनमै नागरिकता विधेयक संसदमा ल्याउने प्रतिबद्धता जनाएका छन् । 

लोसपाले नागरिकता विधेयकलाई प्राथमिकताको साथ उठाएको छ । नागरिकता विधेयकमा सहमति जुटाउने सरकारले प्रयास गरेको छ । पछिल्लो समय लोसपाका अध्यक्ष ठाकुर र देउवाबीचको सम्बन्ध निकै राम्रो भएको छ । 

देउवाले लोसपालाई सरकारमासमेत सहकार्य गर्न प्रस्ताव गरेको बताइएको छ । स्थानीय तहको निर्वाचनपछि देउवा र ठाकुरबीच ४ पटक भेट भइसकेको छ । लोसपाका नेताहरु भने देउवासँगको भेटमा लोसपाले राखेका माग सम्बोधन  गराउने विषयमा केन्द्रित भएको बताउने गरेका छन् । 

लोसपाका अध्यक्ष ठाकुरले देउवासँग आगामि संसदीय निर्वाचनमा लोकतान्त्रिक दलहरुले लोकतान्त्रिक गठबन्धन बनाउन प्रस्ताव गरेका छन् । अहिलेको पाँच दलीय गठबन्धन भत्क्यो भने लोकतान्त्रिक शक्तिहरुवीचको गठबन्धन बन्न सक्ने अवस्था रहेको लोसपाका नेताहरुले बताउने गरेका छन् । 

यसैबीच आइतबार लोसपा र लोकदलबीच एकीकरण हुने भएको छ । लोकदलको अध्यक्षमा कौशलकुमार सिंह रहेका छन् । 

आइतबार औपचारिक कार्यक्रम गरी दुई पार्टीवीच एकीकरण भएको घोषणा गरिने भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ