arrow

पोखरामा किशोरीमाथि बलात्कार प्रयास, एक जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
pakrau9.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले १८ वर्षकी एक किशोरीलाई करणी प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखराको न्यूरोडस्थित मल्ल फर्निचर ल्याण्डका सञ्चालक श्याम मल्ल रहेका छन् । 

कास्की प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार मल्ललाई किशोरीलाई यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको र उनीमाथि अनुसन्धान भइरहेको छ । 

पीडित किशोरीका अनुसार मल्लले गत कात्तिकमा फिल्ममा खेलाउने भन्दै होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । त्यस दिन राति पीडित किशोरी होटल कोठाको बाथरुममा लुकेर बच्न सफल भएकी थिइन् ।

त्यसपछि पनि मल्लले किशोरीलाई फेसबुक म्यासेञ्जरमा एसएमएस गर्ने, फोन गरेर ललाई-फकाइ गर्दै आएका थिए । पीडित किशोरीले अति भएपछि आफूले उजरी गरेको प्रतिक्रिया दिएकी छन् । 

घटना भएको ९ महिनापछि उजुरी किन ?

पीडित किशोरीले शुरुमा घटना भएपछि मल्लले आफ्नो परिवार र व्यवसाय भएको भन्दै आफ्नो जीवन वर्वाद नबनाइदिन आग्रह गरेकोले त्यतिबेला केही नगरेको बताइन् ।

पछि पनि मल्लले पटक-पटक फोनमा, म्यासेजमा विभिन्न किसिमका कुरा गर्ने, भेट्न बोलाउने र आफूमाथिको व्यवहार परिवर्तन नगरेको, आफूले नै मल्ल्ललाई सम्झाइ-बुझाइ गर्दा पनि नमानेपछि अति भएर कानूनी बाटो रोजेको पीडित किशोरीले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ