काठमाडौं । राज कपूरले भारतीय फिल्म उद्योगमा धेरै हिट फिल्म दिएका छन् । यस्तोमा उनको एक फिल्मको नाम 'राम तेरी गंगा मैली' हो । आजभन्दा ३७ वर्षअघि रिलिज भएको फिल्म 'राम तेरी गङ्गा मैली' बाट मंदाकिनीले डेब्यु गरेकी थिइन् ।
यी सुन्दर नायिकाले आफ्नो सुन्दरता र अभिनयले सबैको मनमा स्थान बनाएकी थिइन् । यही फिल्मबाट उनी रातारात चर्चित भइन् । त्यति बेला निर्माता र निर्देशकले उनलाई आफ्नो फिल्ममा राख्न चाहेका थिए ।
मन्दाकिनीको सुन्दरता यस्तो थियो उनीमाथि अन्डरवर्ल्ड डन दाउद इब्राहिम पनि नजर परेको बताइन्छ । दुवैको चर्चा सन् १९९५ मा सुरु भएको थियो । त्यति बेला दुबईको एक स्टेडियममा क्रिकेट हेरिरहेको दाउदसँगको मन्दाकिनीको तस्बिर भाइरल भएको थियो ।
अभिनेत्रीको दाउदसँग अफेयर रहेको खबर फिल्म उद्योगमा आगोझैँ फैलिन थाल्यो । त्यसपछि मन्दाकिनीको अन्डरवर्ल्डसँग सम्बन्ध रहेको आरोप लागेको थियो ।
सन् १९९४–९५ मा मन्दाकिनी दुबईको शारजाहमा भारत–पाकिस्तानको क्रिकेट खेल चलिरहेको अवस्थामा अन्डरवर्ल्ड डन दाउद इब्राहिमको साथमा देखिएकी थिइन् । त्यति बेला बलिउडमा दाउद इब्राबिमको दबदबा थियो । भनिन्छ, दाउद मन्दाकिनीबाट यति प्रभावित भएका थिए कि उनले निर्मातालाई उनको फिल्म लिन धम्की दिन थाले ।
तर दाउद इब्राहिमसँगको तस्बिर भाइरल भएपछि निर्माताले उनलाई आफ्नो फिल्ममा कास्ट गर्न अस्वीकार गरेका थिए । तर मन्दाकिनीले भने सधैँ यसलाई अस्वीकार गरिन् । मन्दाकिनीको करियर सन् १९९६ मा आएको फिल्म जोरदारसँगै सकियो ।