arrow

न्यायमा बदनाम

१० करोड धरौटी मागेर तामाङलाई छुटाउने डिल, कामु प्रधानन्यायाधीशले बोलाए बैठक

धरौटीमा छुटाएबापत दुई करोड आउने खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
taman-court.jpg

काठमाडौं । इच्छाराज तामाङलाई धरौटीमा छुटाउन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र वकिल रुद्रप्रसाद पोख्रेलबीच भएको डिल सार्वजनिक भएको छ । न्यूज २४ टिभीले डिल भएकाे अडियाे सार्वजनिक गरेको हो ।   

सिभिल सहकारीको रकम हिनामिना प्रकरणका मुख्य आरोपी इच्छाराज तामाङ २ हजारभन्दा बढी निक्षेपकर्ताको ८ अर्ब भन्दा बढी रकम ठगेको आरोपमा डिल्ली बजार कारागारमा छन् । ७८ असोज १८ गते उनलाई सीआईबीले पक्राउ गरेको थियो ।

उनीविरुद्ध जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा चलिरहेको छ । उनलाई छुटाउन न्यायाधीश कोइराला र पोख्रेलबीच बार्गेनिङ भएको हो । दुईबीचको कुराकानीमा १० करोड धरौटी मागेर तामाङलाई रिहा गर्ने र २ करोड लिने डिल भएको सुनिन्छ  ।

डिलमा न्यायाधीश कोइराला भने डराएको सुनिन्छ । १० मिनेट गोप्य अडिओमा मुख्य न्यायाधीशदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासम्मको नाम जोडिएको छ । 

दुवैको संवादलाई लिएर कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद्को बैठक बोलाएका छन् । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । 

बैठकमा अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरु राजुकुमार खतिवडा र अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि पनि छलफल हुने भएको छ ।

यो अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतले न्यायाधीश कोइरालालाई बुधबार कुनै पनि इजलास तोकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ