राम चरणले थामे सलमानको हात, यो फिल्ममा देखिँदैछन् सँगै
सलमान दक्षिण भारतीय चलचित्रमा डेब्यु गर्दै
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
908
Shares
काठमाडौं । फिल्म आरआरआरका स्टार राम चरणले बलिउड अभिनेता सलमान खानको हात थामी दिएका छन् । सलमान खानको फिल्म ‘कभी ईद कभी दिवाली’ स्टारकास्टलाई लिएर निकै चर्चामा छ ।
यो फिल्मको स्टारकास्ट धेरै पटक परिवर्तन भएको छ। अब पछिल्लो अपडेट अनुसार सलमान खानको फिल्म ‘कभी ईद कभी दिवाली’ मा साउथ स्टार राम चरणको प्रवेश भएको छ ।
सञ्चार माध्यका अनुसार फिल्म ‘कभी ईद कभी दिवाली’ मा रामचरण विशेष क्यामियो गर्दै देखिनेछन् । जब सलमान खान हैदराबादमा एउटा विशेष गीतको सुटिङ गरिरहेका थिए, रामचरणले उनलाई सेटमा भेटेका थिए।
यसै क्रममा उनले गीतमा राम चरणलाई केमियो रोलमा लिने मन बनाए, जसलाई रामचरणले स्वीकार गरे । यो एक रोमाञ्चक हुनेछ र यो ठूलो मात्रा मा बनाइनेछ। यस गीतमा रामचरण र सलमान खानको केमेस्ट्री विशेष रूपमा देखाइनेछ ।
सलमान खान र रामचरणका पिता चिरञ्जीवीबीचको सम्बन्ध निकै राम्रो छ । चिरञ्जीवीको फिल्म ‘गड फादर’ मा सलमान खान पनि केमियो रोलमा देखिनेछन् ।
यो फिल्म मार्फत सलमान खान साउथ इन्डस्ट्रीमा डेब्यु गर्न लागेका हुन् । यसअघि पनि सलमान खान र चिरञ्जीवीका केही तस्बिरहरू सार्वजनिक भएका थिए ।
फिल्ममा सलमान खान बाहेक वेंकटेश, पूजा हेगडे, शहनाज गिल, राघव जुयाल, पलक तिवारी, सिद्धार्थ निगम र जस्सी गिल जस्ता कलाकारहरू पनि देखिनेछन् ।