arrow

११ वर्ष पछि 'मेरो बोली सुन्दा'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
sujata-kc-mero-boli.jpg

काठमाडौं । ११ वर्ष अघि सार्वजनिक भएको गीत ‘मेरो बोली सुन्दा’को फिमेल भर्सन सार्वजनिक भएको छ। सुजाता केसीको आवाजमा गीत सार्वजनिक भएको हो। 

मेल भर्सनमा रुपक डोटेलले यो गीतलाई गाएका थिए। मुनाल शिशिर कोइरालाको शब्द तथा नरहरि प्रेमीको संगीत रहेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। 

म्युजिक भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्की फिचर्ड छन्। सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो।

भिडियो गायिका केसीको आधिकारिक च्यानल 'सुजाता केसी' मार्फत सार्वजनिक भएको हो। यसअघि गायिका केसीको स्वरमा समावेश 'बतास बनी', 'जाल बुन्यो माकुराले', 'कुरा सिधा छ' लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ