arrow

बेहुली लिन गएको जीप दुर्घटनामा, ६ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
accident-final-1618290232.jpg

सल्यान । सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा भे १ ज १०२१ नम्बरको जीप शनिबार राति दुर्घटनामा परेको हो । 

दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका ४  देउलीका मोतिलाल बुढा, मन बुढा, सहदेव बुढा, चित्रबहादुर बुढा, हरिमाया बुढाथोकी र गोपाल बुढा घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काका अनुसार घाइते सबैको सल्लीबजारमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ