arrow

रेष्टुरेन्टमा आगलागी हुँदा वर्थ डे पार्टी मनाउन भेला भएका चार बालबालिकासहित आठको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
fire-final_1618024271.jpeg

काठमाडौं । तेहरानबाहिर जन्मदिनको भोज आयोजना गर्ने एउटा भूमिगत रेस्टुरेन्टमा आगलागी हुँदा धुवाँको मुस्लोबाट आठ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चार जना बालबालिका रहेका सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।

राजधानीको पश्चिममा रहेको एन्डिसेह सहरमा मंगलबार साँझ आगलागी भएको सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ । तेहरान प्रान्त रेड क्रिसेन्टका अधिकारी शाहिन फाथीले भने, ‘सात जनाको घटनास्थलमा र एक तीन वर्षीय बालकको अस्पतालमा मृत्यु भएको छ।’

काउन्टी अभियोजक हमिद असगरीले आगो रेस्टुरेन्टमा तीब्र फैलिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ