arrow

धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
current-socked.png

जनकपुर । धनुषामा करेन्ट लागेर मंगलबार दिउसो एक जनाको मृत्यु भएको  छ । 

मृत्यु हुनेमा सबैला नगरपालिका वडा नं. ९ बस्ने ४६ वर्षीय ज्ञानेन्द्र ठाकुर बरही रहेका छन् ।

वीरेन्द्र बजार यदुकुहा महिनाथ्पुर हुलाकी सडक अन्तर्गत भठिहन चोकमा करेन्ट लागेर वरहीको मृत्यु भएको हो ।

११ हजार भोल्टको तारबाट जोइन्ट भएर आएको डिसको तार घरमाथि फालिएको अवस्थामा छोइँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।

ठाकुरलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा पुर्याएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ