arrow

दारुको घुम्ती शिविर चलाउन गोकुल बास्कोटाको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
gokul-baskota-parliament-2079-02-25.jpg

काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले सरकारलाई दारुको घुम्ती शिविर चलाउन सुझाव दिएका छन् । प्रतिनिधि सभाको बैठकमा खर्च कटौती प्रस्ताव गर्ने क्रममा बोल्दै उनले अर्थमन्त्रीले यो वर्ष सरकारी कार्यालयमा नयाँ सवारी साधन किनिने छैन भन्दा ताली पाएको उल्लेख गर्दै भने, ‘तर संचार मन्त्रालयले आफ्नो विनियोजन शीर्षकको पहिलो क नम्बरमै चार वटा मोटरसाइकल, सात वटा स्कुटर किन्ने भनेर उल्लेख गरेको छ । यस्तो देखियो कि सञ्चार मन्त्री झुठ हो वा अर्थमन्त्री झुठो हो ।’ उनले अगाडि भने, ‘एक ठाउँमा मात्रै भएको भए त हुन्थ्यो । यो करिब पाँच ठाउँमा छ । खरिद गर्ने कुरा पेजैपिच्छे पढ्न पाइन्छ ।’

उनले सरकारको नीति तथा कार्यक्रममा बेथिति निकै बढी देखिएको भन्दै भने, ‘सञ्चार मन्त्रालयको घुम्ती शिविर । बरु दारु शिविर राखे हुन्छ । स्पष्ट छ कुरा । त्यसका निम्ति बजेट छुट्टाइएको छ । के आँखाको घुम्ती शिविर ? स्वास्थ्य मन्त्रालयको भए पनि हुन्थ्यो । कानको ? के को निम्ति हो सभामुख महोदय ? यो मैले केही पनि बुझ्न सकेको छैन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ