arrow

हराएका बालकको शव फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २४ मंगलबार
death-1618215084.jpg

धनुषा । धनुषामा एक हप्तादेखि हराइरहेका एक बालकको शव फेला परेको छ । बालकको शव धनुषा र महोत्तरीको सीमामा फेला परेको हो । 

एक साताअघि सर्लाहीको कबिलासी नगरपालिका-७ गैर बजार घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-८ मा छाप्रोमा बसिरहेका जियासरण बरहीका ६ वर्षीय छोरा राँकी बरही बेपत्ता भएका थिए । 

जनकपुरधाम-२२ र महोत्तरीको पिपरा गाउँपालिका-६ वसविट्टीस्थित दूधमती नदीको छेउको पानी भएको झाडीमा सोमबार राति बालकको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । 

बरहीको परिवार घुमन्ते जीवन बिताइरहेका थिए । बालकको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ