arrow

जन्मदिन मनाउन आएकी किशोरीको बाँकेमा सामूहिक बलात्कार, सात जना पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
women-raped-victime.jpg

नेपालगञ्ज । बाँकेमा १६ बर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन् ।

सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा बैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

फेसबुक मार्फत चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्म दिन मनाउन भन्दै भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराज लगायत सात जनाले शनिवार राती सामूहिक बलात्कार गरेको बाँके प्रहरीले जनाएको छ ।

किशोरीलाई मदिरा खुवाई शुरुमा बाँके-बर्दियाको सिमाना मानखोलाको जङ्गल र त्यसपछि बैजनाथस्थित एक टहरामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । 

मानखोलाको जङ्गलमा ५ जना र टहरामा लगेर २ जनाले बलात्कार गरेको प्रहरीले बताएको छ । बाँके प्रहरीले हेमराज थारु, निराजन थारु, बिक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइना इँट्टाभट्टा नजिक शङ्कास्पद रूपमा भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई जना पुरुषले मोटरसाइकलको बीचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएपछि घटना बाहिरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ