नयाँ दिल्ली। सोलोगामी अर्थात् यस्तो वैवाहिक समारोह जहाँ मानिसहरूले आफैँसँग विवाह गर्छन्। पछिल्ला वर्षहरूमा पश्चिमा देशमा सोलोगामी युवतीमाझ बढ्दो फेसनमा छ। अहिले यो भारतसम्म आइपुगेको छ।
पश्चिमी राज्य गुजरातको वडोदरा सहरको एउटा मन्दिरमा ११ जुनको साँझमा परम्परागत हिन्दु समारोहबीच क्षमा बिन्दुको विवाह हुँदै छ।
रातो दुलहीको पोसाकमा सजिँदै हातमा मेहन्दी र कपालमा सिन्दूर लगाएर उनले विवाह मण्डपको पवित्र आगोको वरपर सात फन्को लगाउनेछिन्।
विवाहको अघिल्लो दिन हल्दी र नृत्य तथा साङ्गीतिक कार्यक्रम आयोजना हुनेछ । विवाहपछि उनी हनिमुनको लागि दुई साता गोवा जानेछिन्।
यी सबै प्रक्रियामा दुलाहा भने हुने छैनन् । भारतमा अहिलेसम्मकै पहिलो मानिएको सोलोगामीलाई विन्दुले सुरुवात गर्दै छिन्।
‘धेरै मानिसहरूले म धेरै आकर्षित भएको बताउँछन्’, समाजशास्त्रकी २४ वर्षीया विद्यार्थी तथा ब्लगर भन्छिन्, ‘उनीहरूलाई म आकर्षित भएको बताउँछु ।’
आफूले आफैलाई विवाह गरेर विन्दुले ‘आफ्नो माया’प्रति समर्पित भएको बताउँछिन् । ‘स्वयमलाई विवाह गर्नु भनेको आफ्नो लागि प्रतिबद्ध हुनु हो । यसले तपाईँलाई सबैभन्दा जीवित, सुन्दर र आनन्दित व्यक्ति बन्न मद्दत गर्दछ ।’ उनको आगामी विवाहलाई अभिभावकले पनि सहमति जनाएका छन् । बाबुआमाले आर्सीवाद दिएका छन् भने साथीभाइ वैवाहिक कार्यक्रममा सहभागी हुने जनाएका छन् ।
लगभग २० वर्षअघि लोकप्रिय अमेरिकी शृङ्खला सेक्स एन्ड द सिटीकी पात्र क्यारी ब्राडशाले यसलाई उठाएपछि सोलोगोमीबारे चर्चा हुन थालेको हो । तर, त्यो व्यङ्ग्य नाटक मात्र थियो ।
त्यसयता धेरैले यस्ता विवाह गरेका छन् । विशेष गरी एकल महिलाको यसप्रति रुचि बढ्दो छ । एउटा असामान्य घटनामा ब्राजिलकी ३३ वर्षीया मोडलले आफूले आफैलाई विवाह गरेको तीन महिनापछि ‘सम्बन्ध विच्छेद’ गरेकी थिइन् ।