arrow

पल शाहलाई थुनामै राख्न उच्च अदालत पोखराको आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
Pal_shaha.jpg

पोखरा । उच्च अदालत पोखराले जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । यसअघि तनहुँ र नवलपुर जिल्ला अदालतकै फैसलालाई बिहीबार उच्च अदालत पोखराले सदर गरेको हो । 

उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसलालाई सदर गरेको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (१) बमोजिम जिल्ला अदालतको आदेशलाई सदर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी उपरजिस्ट्रार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

कारागार चलान गर्ने तनहुँको जिल्ला अदालतको फैसलाविरुद्ध पलका वकिलहरूले उच्च अदालतमा निवेदन दिएका थिए । पललाई साधारण तारेखमा रिहा गर्नुपर्ने भन्दै उनीहरूको माग थियो । 

यसअघि आजै दुवै पक्षका कानून व्यावसायीले बहस गरेका थिए । उच्च अदालतमा पलको तर्फबाट कानून व्यावसायी कमलामोहन वाग्ले, जगदीशचन्द्र पाण्डे र मिलनध्वज शाहले बहस गरेका थिए । विपक्षमा सरकारी कानुन व्यवसायी सहन्यायाधीवक्ता ईश्वरीप्रसाद ढकालले बहस गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ