arrow

पाँच स्मृति ग्रन्थ एकैसाथ लोकार्पण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
283808610_862753741349771_496943551600567520_n.jpg

काठमाडौं । राजधानीमा एकैपटक पाँच वटा स्मृति ग्रन्थको एकैसाथ लोकार्पण गरिएको छ । ज्ञानगुन साहित्य प्रतिष्ठान, ज्ञानगुन प्रकाशन, रुक्मणीराज शिवाकोटी स्मारक कोष र नेवरहुड स्कुलको संयुक्त आयोजनामा शनिबार भएको कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीसहितले संयुक्त रुपमा ती स्मृतिको लोकार्पण गरे । 

राष्ट्रिय एकताका नायक पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको स्मृति सभा र दोलखाका समाजसेवी तथा शिक्षाविद् स्व. रुक्मणीराज शिवाकोटीको अर्धवार्षिक तिथिका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा ती पुस्तकहरु प्रकाशन गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष तथा स्मृति ग्रन्थका सम्पादक शेषराज शिवाकोटीले यस प्रकृतिका थप प्रकाशनहरुको तयारी भइरहेको जानकारी दिए । पृथ्वीनारायण शाहको स्मृतिमा ज्ञानगुनका कुरा भाग २०४, काजी कालु पाँडेको स्मृतिमा ज्ञानगुनका कुरा भाग २०५, समाजसेवी रुक्मणीराज शिवाकोटी स्मृति पुष्प–१, पूर्व न्यायाधीश नयनबहादुर खत्रीको स्मृतिमा न्याग भाग–३२ र अमेरिकाका चौथा प्रधानन्यायाधीश जोन मार्सलको स्मृतिमा न्याय भाग ३३ को प्रकाशन गरिएको हो ।

कार्यक्रममा पूर्व न्यायाधीश भण्डारी, नेपाली कांग्रेसका कन्द्रीय सदस्य अजयबाबु  शिवाकोटी, इतिहासकार प्रा दिनेशराज पन्त, प्राडा विणा पौडेल, टुकराम ढकाल लगायतले स्मृति ग्रन्थले समावेश गरेका व्यक्तित्वहरुको भूमिकाबारे चर्चा गरेका थिए । 
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ