arrow

गुडिरहेको बुलेटमा आगलागी, नारायणगढ मुग्लिङ सडक बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
gas-bullet.jpg.jpeg
फाइल तस्बिर

काठमाडौं । ग्याँस बोकेको भारतीय नम्बर प्लेटको बुलेटमा आगलागी भएको छ । नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको युपी १७ एटी ६८२७ भारतीय नम्बर प्लेटको ग्यास बुलेटमा आगलागी भएको हो। 

चितवनको नारायणगढ–मुग्लिङ सडक खण्डको पन्ध्र किलो भन्ने स्थानमा एक्कासि गुडिरहेको बुलेटमा आगो लागेको थियो । 

बुलेटमा आगलागी भएपछि नारायणगढ मुग्लिङ सडक खण्ड दुई तर्फी बन्द गरिएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्रको टोली त्यहाँ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ