arrow

भौतिक पूर्वाधार मन्त्रालयमा कतै निमित्त, कतै रित्तै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
bhautik-purbadhar-tatha-yatayat-mantralaya.jpg

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको योजना महाशाखामा महाशाखा प्रमुखको कुर्सी तीन महिनादेखि खाली छ  । यस्तै करिब एक महिनादेखि सडक विभाग निमित्तको भरमा चलिरहेको छ । 
  
मन्त्रालयको योजना अनुमगन तथा मूल्यांकन महाशाखा गत चैत महिनादेखि खाली भएको हो । भौतिकमा योजना महाशाखा प्रमुखलाई प्रवक्ताको थप जिम्मेवारी दिने गरिएको छ । तर महाशाखा प्रमुख नै खाली भएकाले हाल त्यस मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी कसैलाई दिइएको छैन । 

तत्कालका लागि प्रशासन महाशाखा प्रमुख तुलसी गौतमलाई प्रवक्ताको काम गर्न अह्राइएको छ । तत्कालीन योजना महाशाखा प्रमुख तथा प्रवक्ता ललीजन खनालको सरुवा २०७८ चैतमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखरामा गरिएको थियो । त्यसयता मन्त्रालयमा योजना महाशाखा प्रमुख पद खाली छ । 

खाली भएको महाशाखामा पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख रहेका सहसचिव अर्जुनजंग थापाले संयोजन गर्ने गरेका छन् । मन्त्रालयको बजेटसम्बन्धी छलफल कार्यक्रममा  उनी सहभागी हुने गरेका थिए ।
  
करिब एक महिनादेखि सडक विभागको महानिर्देशक पद खाली छ । तत्कालीन महानिर्देशक शिवहरि सापकोटाले गत बैशाख १८ गते अनिवार्य अवकाश पाएपछि उनको ठाउँ खाली छ । खाली भएको ठाउँमा वरिष्ठताको हिसाबबाट शिव नेपाललाई जिम्मेवारी दिइएको छ । 

रिक्त रहेको ठाउँमा आफूले जिम्मेवारी पाउनेमा निमित्त महानिर्देशक नेपाल ढुक्क छन् । तर त्यहाँ जान सुशीलबाबु ढकाल, अर्जुनजंग थापा, दिपक श्रेष्ठ लगायतका उच्च कर्मचारीहरु लागेका छन् । 

यीमध्ये ढकाल कनिष्ठ सहसचिव हुन् भने श्रेष्ठले केही महिनाभित्रै अवकाश पाउन लागेका छन् । 
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ