arrow

झोलुङ्गे पुलमा मेरो जीवन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
Jholunge pul bimochan 2.10.jpg

काठमाडौं । झोलुङ्गे पुलको निर्माणमा जीवनको लामो कालखण्ड बिताएका मुकुन्दप्रसाद उपाध्यायको आत्मसंस्मरणात्मक कृति ‘झोलुङ्गे पुलमा मेरो जीवन’ (अनेक भोगाइ) एक समारोहकाबीच सार्वजनिक भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व सचिव श्यामप्रसाद अधिकारीसहित अतिथिहरूले कृतिको एकसाथ विमोचन गरे । विमोचन पश्चात पूर्व प्रशासक अधिकारीले डेढ वर्षअघि दिवंगत भएका ई. मुकुन्द उपाध्यायको कर्मशीलताको चर्चा गरे ।

भाइ समानका उपाध्यायको निधनले आफू मर्माहत भएको बताउँदै उनले यस पुस्तकले झोलुङ्गे पुलका बारेमा राम्रो जानकारी दिने उल्लेख गरे । 

पूर्व सचिव डा. द्वारिकानाथ ढुंगेलले प्राविधिक क्षेत्रका नयाँ पुस्तालाई अग्रजहरूले आजभन्दा ५०÷६० वर्षअघि के कस्तो अवस्थामा कसरी काम गर्नुपरेको थियो भन्ने कुराको जानकारी उपाध्यायको यस पुस्तकले गराउने बताए । 

पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार श्रीओम श्रेष्ठ रोदनले पुस्तकले ५० वर्ष अगाडिको नेपालको विकास निर्माण अवस्थालाई उजागर गरेको बताए । प्रस्तुत पुस्तक इमानदार संस्मरण भएको उनको भनाइ थियो ।

श्यामप्रसाद अधिकारीकै सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यायका सहकर्मी ई. कल्याण ज्ञवाली, पूर्व सहसचिव डा. जगदीशचन्द्र बराल, उपाध्यायका सुपुत्र प्रमोद पोखरेलले बालेका थिए ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ