arrow

मन्त्री यादव र सचिव श्रेष्ठ बीचको विवादले भौतिक मन्त्रालयमा आए सिग्देल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ८ आइतबार
gopal-prasad-sigdel-sachiv.jpg

काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवमा नेपाल ट्रष्टका सचिव गोपालप्रसाद सिग्देललाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले सिग्देललाई भौतिक पूर्वाधार मन्त्रालयमा ल्याउने निर्णय गरेको हो । 

यद्यपि सिग्देलले अझै पत्र बुझेका छैनन् । भौतिक पूर्वाधार मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठलाई नेपाल ट्रष्टमा लगिएको छ । पछिल्लो समय भौतिक पूर्वाधारमन्त्री रेणु यादव र सचिव श्रेष्ठबीच विवाद बढेको थियो । 

खासगरी मन्त्री यादवले रेलवे विभागका पूर्व महानिर्देशक तथा अवकाशप्राप्त सहसचिव बलराम मिश्रलाई मन्त्रालयको सल्लाहकारमा नियुक्त गरेपछि मन्त्री र सचिव श्रेष्ठबीच विवाद बढेको थियो । मिश्रलाई मन्त्रालयको सचिवमा नियुक्त गरेको श्रेष्ठलाई मन परेको थिएन ।  

मिश्रलाई सल्लाहकार नियुक्त गर्न तयार गरिएको प्रस्तावलई सचिवले केही दिन अड्काएका थिए । उर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले यही जेठ ४ गतेदेखि अनिवार्य अवकाश पाएका छन् । 

रिक्त रहेको ठाउँमा जान केही प्राविधिक समूहका बहालवाला सचिवहरुले प्रयास गरेका छन् । उच्च कर्मचारीहरू उर्जा मन्त्रालयलाई भौतिक र शहरी विकास मन्त्रालय पछिको आकर्षक ठाउँ मान्छन् । राष्ट्रिय सतर्कता केन्द्रका सुशीलचन्द्र तिवारी, मनिराम गेलाल तथा प्रमिलादेवी बज्राचार्यले उर्जामा जान विभिन्न किसिमबाट लविङ गरेका छन् । 

हाल गेलाल प्रधानमन्त्री कार्यालयमा तथा बज्रचार्य शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन् । भौतिकबाट सरुवा भएका श्रेष्ठले पनि नेपाल ट्रष्टमा नगइ उर्जामा जान अन्तिम  प्रयास गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ