घरेलु मैदानमा तीन वरीयता तलको युगाण्डासँग साख जोगाउन खेल्दै नेपाल
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
857
Shares
तस्बिर– फाइल
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाहुना टोली युगाण्डाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदान टीयू क्रिकेट मैदानमा नेपालले तीन वरीयता तलको युगाण्डाविरुद्ध साख जोगाउन खेल्दैछ । खेल दिउँसो १ बजे शुरु हुनेछ ।
यसअघिका दुवै खेलमा हार बेहोरेको नेपालले पाँच खेलको श्रृंखला जित्ने आशालाई जिवितै राख्न आजको खेल जित्नैपर्छ । नेपालको अहिलेसम्म ब्याटिङ चल्न सकेको छैन ।
पहिलो खेलमा १२ रनले हारेको नेपाल दोस्रो खेलमा १ विकेटले हारेको थियो ।
आईसीसीको वरीयतामा नेपाल १६ औं तथा युगाण्डा १९ औं वरीयतामा छ ।