arrow

मुगुको खत्याडमा एमाले तीन वडामा सीमित

गठबन्धनका उम्मेदवार विजयी

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०७९ जेठ ५ बिहिबार
ajayabahadur-mugu.JPG

मुगु । मुगु जिल्ला पश्चिम खत्याड पालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धन दलहरू माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारले विजय हात पारेका छन् । 

गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अजबहादुर शाहीले ३ हजार ५ सय २१ मत ल्याई निर्वाचित भएका छन् । शाही ९ सय मतान्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लालबहादुर मल्लले २ हजार ६ सय २१ मत प्राप्त गरेका थिए । 

यसै गरी गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार सरिता रोकायाले ४ हजार ५ सय ४८ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । रोकायाले २ हजार ४९ मतान्तरमा विजयी भएकी थिइन । रोकायाले आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कविता गिरीले २ हजार ४ सय ९९ मत प्राप्त गरेका छन् ।
 
११ वटा वडा रहेको खत्याड गाउँपालिकामा २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडा एमाले जितेका थियो , अहिले भने ३ वटा वडामा मात्र एमाले सीमित भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ