arrow

पार्टीका प्रमुखहरुले नै आफ्नो मत जोगाउन सकेनन् 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
deuba-oli-thakur.jpg

काठमाडौं । मतदाता सूचीमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाम भक्तपुर, सूर्यविनायक नगरपालिका २ मा रहेको छ । तर सूर्यविनायक २ मै एमाले पराजित भएको छ । त्यस वडामा वडाध्यक्षसहित पूरै प्यानलसहित नेपाली कांग्रेस विजयी भएको छ । 

सूर्यविनायक २ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप कार्कीले १ हजार ५ सय ११ भोट ल्याएर विजयी भएका छन् । एमालेका उम्मेदवार विश्वराज विष्टले भने १ हजार ३ सय ५ मात्र भोट ल्याएका थिए । सूर्यविनायक नपाको मेयरमा नेपाली कांग्रेसका निशान ढुंगेल अगाडि छन् । त्यहाँ एमालेबाट बासुदेवा थापाले मेयरमा उम्मेदवारी दिएका छन् । 

ओलीको गृह जिल्ला झापाको दमक हो । दमक नगरपालिकामा पनि एमालेले अग्रता ल्याएको छैन । दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि छ । त्यस वडामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाबीच तालमेल भएको छ । दमकमा राप्रपाका राम थापा अग्रस्थानमा छन् । 

योे चुनावामा लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि ठूलो चोट परेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोकै गृह वडामा लोसपा पराजित भएको छ । मतदाता सूचीमा ठाकुरको नाम सर्लाहीको बलरा नगरपालिका ३ मा छ । 

बलराको ३ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवार आनन्दमोहन मिश्र निर्वाचित भएका छन् । त्यस वडामा लोसपाका उम्मेदवार पराजित भएका छन् । 

मतदाता सूचीमा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको नाम सर्लाहीको चन्द्रनगर २ मा रहेको छ । तर त्यस वडामा लोसपाका उम्मदेवार कामेश्वर साह पराजित भएका छन् । 

चन्द्रनगर २ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवार शम्भुप्रसाद यादव वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । 

त्यसो त चन्द्रननगर गाउँपालिकाको अध्यक्षमा लोसपाबाट महतोको आफ्नै दाइ महेन्द्र यादवले उम्मेदवारी दिएका छन् । उनी दोश्रो स्थानमा छन् ।  पहिलो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार छन् । 
 
त्यसो त प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आफ्नो वडामा कांग्रेसलाई जिताउन सकेनन् । यसपालि मतपरिणाम अनौठो आएको छ । देउवाको घर डडेलधुराको गन्यापधुरा गाउँपालिका १ मा पर्छ । त्यहाँ कांग्रेसबाट विदेह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ