गठबन्धनको पकडमा राक्सिराङ, अध्यक्षमा कांग्रेसका राज र उपाध्यक्षमा माओवादी केन्द्रका वन
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
1.2k
Shares
मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका राजकुमार मल्ल विजयी भएका छन् । जिल्लाकै विकट गाउँपालिकाको रूपमा रहेको राक्सिराङमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका मल्ल विजयी भएका हुन् ।
मल्लले आफ्नो निकटतम प्रतिस्पर्धीलाई ९०९ मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालको लागि विजयी भएका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मल्ल नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । मल्लले ५ हजार ४८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बाबुलाल स्याङ्तानले ४ हजार ५७२ मत प्राप्त गरे ।
त्यसैगरी उपप्रमुखमा नेकपा माओवादी केन्द्रका वनस्थम थिङ विजयी भएका छन् । उनले ४ हजार ८३९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुन्तलीमाया प्रजाले ४ हजार १२९ मत प्राप्त गरिन् ।