arrow

थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
deuba-modi-lumbini-2079.png

लुम्बिनी । प्रधानमन्त्री शेरबहादुर देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गरेका छन् ।

आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग सोमवार यहाँ भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्री देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन र व्यावसायिक सञ्चालनको शुभारम्भ भइसकेको सन्दर्भमा सम्पर्क सञ्जाल विस्तार, सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको आवागमनलाई थप सहज बनाउन उक्त विमानस्थल उपयुक्त हुने भएकाले थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह गराएका हुन् ।

वार्ताका क्रममा प्रधानमन्त्री देउवाले आपसी हितका लागि दीर्घकालीलनरूपमा विद्युत् व्यापार गर्न आग्रह गरेका थिए । पराराष्ट्र मन्त्रालयका अनुसार अरुण तेस्रो जलविद्युत् आयोजना सुचारु रूपमा अगाडि बढिरहेकामा दुवै देशका प्रधानमन्त्रीले सन्तुष्टि प्रकट गरेका थिए । वार्ताका क्रममा प्रधानमन्त्री देउवाले उठाउनुभएका विषयलाई भारतीय प्रधानमन्त्री मोदीले सकारात्मकरूपमा लिएका छन्। 

वार्तामा दुवै देशका प्रधानमन्त्रीले स्वच्छ ऊर्जाका लागि जलविद्युत्को महत्वमा जोड दिँदै जलविद्युत् क्षेत्रमा, सार्वजनिक, नीति र सझेदारीका अपार सम्भावनाहरु रहेकोमा सहमति जनाए । प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युत् आयोजनाको विकासका लागि भारतको इच्छुक कम्पनीलाई लगानीका निम्ति आग्रह गरे ।

पञ्चेश्वर आयोजनालाई प्राथमिकताका साथ आगाडि बढाउन पनि दुवै देशका प्रधानमन्त्रीले सहमति जनाएको मन्त्रालयले वार्तापछि जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ