arrow

दुई दिने बिदाले सरकारी खर्च नजोगिने, सेवाग्राहीमात्र मारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौं । सरकारले बिना तयारी र बिना अध्ययन हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । यस निर्णयबाट सेवाग्राही मारमा पर्ने भएका छन् । सरकारले इन्धन खर्च जोगाउन हप्तामा दुई दिन बिदा दिन लागेको हो । 

विज्ञहरु भने दुई दिन बिदा दिँदैमा इन्धन खर्च नजोगिने बताउँछन् । बिदाको दिनमा पनि सरकारी गाडी गुडेका हुन्छन् । त्यसमा पनि सरकारी कर्मचारी सरकारी गाडी लिएर घुमफिरमा निस्कने सम्भावना बढी हुन्छ ।

गृह मन्त्रालयका अनुसार बिदाको दिन सरकारी गाडी प्रयोग गर्नु परेमा सम्बन्धित कार्यालयको कार्यालय प्रमुखको अनुमति चाहिन्छ । या सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्छ । कुनै काम देखाएर सम्बन्धित कार्यालयका कार्यलय प्रमुखले अनुमति दिने सम्भावना हुन्छ । 

नेपाल आयल निगमका अधिकारीका अनुसार हप्तामा २ दिन बिदा दिएमा बढीमा ५ देखि ७ प्रतिशत इन्धनमा सरकारी खर्च जोगिन्छ । तर यो अनुमानमात्र हो । ५ प्रतिशत पनि इन्धन नजोगिने आयल निगमकै कर्मचारीहरु बताउँछन् । 

अर्थ मन्त्रालयका अनुसार हप्तामा २ दिन बिदा दिएमा महिनामा करिब २० लाख रुपैयाँ इन्धनमा जोगिन्छ । ‘तर त्यो भन्दा घाटा राज्यलाई राजस्व संकलनमा पर्छ’ अर्थ मन्त्रायलका एक कर्मचारीले भने । 

हप्तामा दुई दिन बिदा दिएमा महिनाभर इन्धनमा सरकारी खर्च कति जोगियो र राजस्व संकलनमा कति प्रभाव पर्यो, यसको सबै  हिसाब किताब जेठको मसान्तमा निस्कने अर्थका अधिकारीहरु बताउँछन् । 

माओवादी द्धन्द्ध कालमा सरकारी गाडीहरुलाई निजी नम्बर प्लेटमा परिवर्तन गरी विदाको दिनमा पनि निजी सरह गुडाउने गरिन्थ्यो । सरकारी गाडी हो भनेर कसैले थाहा नपाउन् भनेर सरकारले सरकारी गाडीलाई निजी नम्बर प्लेटमा परिवर्तन गथ्र्यो । माओवादी द्धन्द्ध सकिएपछि निजी नम्बरका नेम प्लेट राखिएका सबै गाडीमा पुनः सरकारी नेम प्लेट राखिएको गृहका कर्मचारीहरु बताउँछन् । तर सबै गाडी भने सरकारी प्लेटका राखिएनन् । 

विकासे मन्त्रालयहरुले सरकारी कर्मचारीहरुलाई कोटा सिस्टमबाट इन्धन उपलब्ध गराउने गरेका छन् । । एउटा शाखा अधिकृत सरहको कर्मचारीले मासिक १५ लिटर मोटर साइकलमा तथा सहसचिव सरहका कर्मचारीले एउटा गाडीमा २ सय लिटर महिनामा पेट्रोल सुविधा पाउने गर्छन् । 

हप्तामा २ दिन बिदा घोषणा गरे पनि सरकारले कर्मचारीलाई उपलब्ध गराउँदै आएको तेल तथा अन्य सुविधामा कटौती गरेको छैन । आफूले पाएको सुविधा उब्रियो भने सरकारी कर्मचारीहरुले सरकारलाई फिर्ता गर्देनन् ।

बरु उल्टै आफन्तहरुलाई बाँडेर सिध्याउँछन् । त्यसैले हप्तामा २ दिन बिदा दिँदैमा सरकारी खर्च जोगिने सम्भावना निकै कम हुन्छ । 

सरकारी कर्मचारीलाई हप्तामा २ दिने बिदा दिने निर्णय लागू भएको यो पहिलो पटक भने होइन । यसअघि २०५६ सालमा पनि हप्तमा २ दिन बिदा दिइएको थियो । यसको व्यापक विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको थियो । 

त्यसबेला हप्तामा २ दिन बिदा दिने निर्णय ६ महिना पनि टिकेको थिएन । त्यसो त सरकारले यसपटक परीक्षणकालको रुपमा हप्तामा २ दिन बिदा दिने घोषणा गरेको छ । 

सरकारको यो निर्णय जेठ १ गतेबाट लागू भएको छ । सरकारले सार्वजनिक बिदामा कटौती नगरेर हप्तामा २ दिन बिदा दिन लागेको हो । नेपालमा सार्वजनिक बिदा बढी भएको प्रशासन विज्ञहरुको भनाइ छ ।  

त्यसमा पनि हप्तामा २ दिन बिदा दिएमा नेपालमा आवश्यक भन्दा धेरे नै बिदा हुने र यसबाट सेवाग्राही चर्कोमा मारमा पर्ने सम्भावना हुन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ