arrow

पवन होटलतर्फ मोदी, शिष्टाचार भेटघाटसँगै दिवाभोजमा सरीक हुने 

logo
नारायण ओली,
प्रकाशित २०७९ जेठ २ सोमबार
281245857_2049030891925341_1490451481206883672_n.jpg

काठमाडौं । लुम्बिनी भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शिष्टाचार भेटघाटसँगै दिवाभोजमा सरीक हुनका लागि होटल पवनतर्फ लागेका छन् । २५ सय ६६ औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनी आएका मोदी छ घण्टा लुम्बिनीमा रहने छन् । 

होटल पवनतर्फ लाग्न थालेसँगै सडकमा सुरक्षा निकै कडाइ पारिएको छ । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का लगायतका मन्त्री तथा सचिवहरुले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवा र मोदीले मायादेवी मन्दिरमा पूजा गरेपछि बौद्ध बिहारको शिलान्यास गरेका छन् । 

अब उनी करिब सवा १२ बजेर १५ मिनेटमा मोदीले पवन होटलमा विश्राम गर्ने र त्यहाँ १२ बजेर २० मिनेटमा परराष्ट्र मन्त्री नारायण खड्कासँग शिष्टाचार भेट गर्नेछन् ।

त्यसपछि साढे १२ बजे प्रधानमन्त्री देउवा र मोदीबीच पवन होटलमा द्विपक्षीय वार्ता हुने र पौने १ बजेबाट प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम छ ।

त्यसपछि मोदी साढे १ बजे प्रधानमन्त्री देउवाले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । 

भोजपछि २ बजे मोदीले विशिष्ट तहका व्यक्तिहरूसँग भेटघाट तथा छलफल गर्ने र सोही क्रममा पत्रकार सम्मेलनको आयोजना गरिने कार्यक्रम रहेको छ ।

त्यसपछि करिब साढे ३ बजे लुम्बिनीमा हालै बनेको ५ हजार जनाको क्षमता रहेको सभाहलमा आयोजित बुद्ध जयन्तीको मूल समारोहमा मोदी सहभागी हुनेछन् र सम्बोधन पनि गर्ने छन् । 

त्यसपछि आजै साँझ ५ बजे मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट भारतको कुशीनगर फर्किने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ