arrow

मोटरसाइकल दुर्घटनामा नवराजको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
Accident-sign.jpg

सुर्खेत । सुर्खेतको दिपायलमा सुपप्र ००१००८ प ६६०५ नंको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नं. ४ सुनगढा बस्ने २३ वर्षीय नवराज कठायत रहेका छन् । 

पुरानो क्षेत्रीय सदरमुकाम राजपुरबाट पिपल्ला बजारतर्फ आउँदै गर्दा मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका नवराजको पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचारमा क्रममा अहिले मृत्यु भएको हो भने मोटरसाइकल चालक योगेश कठायत गम्भीर घाइते भएका छन् । 

उनको टाउको र शरीरमा चोट लागेको र अहिले शैलेश्वरी अस्पतालमै उपचार भइरहेको छ । मृतक नवराजको शवपरीक्षणका लागि जिल्ला अस्पताल सिलगढीमा पठाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ