arrow

लिम्चुङबुङ पालिकामा गठबन्धन उम्मेदवार विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
five-parties-new.jpg

उदयपुर । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का मेजरकुमार राई गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका छन् ।

उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार दिएका नेपाली कांग्रेसका पुष्पकुमार राई विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले बताएको छ ।

अध्यक्षका पदमा राई नेकपा एमालेका अध्यक्षका उम्मेदवार राजकुमार राईलाई एक हजार ३३८ मतको विरुद्ध एक हजार ८१८ मत प्राप्त गरेर विजयी भएका हुन् । 

त्यस्तै उपाध्यक्षमा राई एमालेकी उम्मेदवार गीता कार्कीलाई एक हजार ३१२ विरुद्ध एक हजार ६४० मत प्राप्त गरेर विजयी भएको मूख्य निर्वाचन अधिकृतको कायालय उदयपुरले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ