arrow

अपिहिमालमा माओवादीलाई अध्यक्ष, कांग्रेसलाई उपाध्यक्ष

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ जेठ १ आइतबार
api-himal-2079.jpg

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्ष जितेको छ । अध्यक्षमा माओवादीका भगत ठेकरे २३ सय १२ मतसहित विजयी भएका हुन् । पराजित भएका एमालेका धर्मानन्द मन्यालले १३ सय ८५ मत ल्याए । 

उपाध्यक्षमा कांग्रेसकी देवकी बोहराले २ हजार २७ मतसहित जित हासिल गरिन् । पराजित एमालेकी उर्मिला बोहराले १३ सय ९१ मत पाइन् । 

दार्चुलाको अपिहिमालमा गठबन्धन विजयी भएको हो । वडाहरुमा पनि गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ