arrow

वीरगञ्ज महानगरमा ५३ प्रतिशत मत बदर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
ballet-local-level-2079.jpg
तस्बिर– फाइल

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकामा ५३ प्रतिशत मत बदर भएको पाइएको छ । महानगरपालिकामा तीन हजार ६८ मत गणना हुँदा उपमेयरमा खसेको मतमध्ये ५३ प्रतिशत मत बदर भएको हो । 

त्यस्तै मेयरमा २६ प्रतिशत मत बदर भएको छ । पर्साभर मतपत्र बदर संख्या बढी रहको पाइएको छ । यसमा विशेषगरी गठबन्धनका कारण अलमल भएको बताइएको छ । 

महानगरको ३ हजार ६८ मत गणना हुँदा सत्तारुढ गठबन्धनका राजेशमान सिंहले १ हजार ५ सय ७ मत पाएका छन् । एमालेका विजय सरावगीले ६६८ मत ल्याएका छन् । त्यस्तै राप्रपाका गिरिश गिरीले भने अझै तेस्रो अंक छुन सकेका छैनन् । 

उपप्रमुखमा कांग्रेसका इम्तियाज आलमले १ हजार १०५ मत ल्याएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारले १६० मत ल्याएका छन् । 

राप्रपाकी बिना जैसवालले तेस्रो अंकको योगफल छुन सकेकी छैनिन् । 

त्यसैगरी मतदाता शिक्षामा पनि कमी भएका कारणले मत बदर बढी भएको जनाइन्छ । अहिले वीरगञ्ज महानगरको वडा १, २, ३१ र ३२ को मात्र मतगणना भइरहेको छ । 

यही गतिमा गणना हुने हो भने दुई साता बढी समय लाग्ने पनि जनाइएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ