भिमेश्वरमा तीन दशकदेखिको एमालेको किल्ला गोडियो, कांग्रेसले गाड्यो
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
605
Shares
दोलखा । दोलखाको भिमेश्वर नगरपालिकामा नेपाली कांग्रेसले किल्ला गाडेको छ । तीन दशकदेखि नेकपा एमालेले एकछत्र राज गरेको भिमेश्वरमा यसपालि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले जित हासिल गरेको हो ।
भिमेश्वर १ मा माधव थामी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनीसँगै वडा सदस्यहरु निशा थामी, विष्णुमाया खाती, गंगा थामी र बालकृष्ण राय विजयी भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले आफूले मतदान गरेको स्थानबाट कांग्रेसले जितेको खुशी फेसबुकमा सेयर गरेका छन् ।
उनले लेखेका छन्, ‘मैले मतदान गरेको साविकको सुस्पा क्षमावती गाविस अर्थात भिमेश्वर वडा नं १, दोलखामा ३० वर्षपछि एमालेले भन्ने गरेको विरासतवाला लालकिल्ला कांग्रेस नेतृत्वमा तोडिएको छ। क्षमावतीलाई लोकतान्त्रिक नेतृत्व प्रदान गर्न अहोरात्र खटिनुभएका सबै साथीहरु बधाईका पात्र छन्। अनि यो जीत निकाल्न लामो समयदेखि एमालेलाई मतदान गर्दै आएका साथीहरुको सहयोगको लागि आभारी छु। नेतृत्वमा पुग्नुभ्एका वडा अध्यक्ष माधव थामी, वडा सदस्यहरु निशा थामी, बिष्णुमाया खाती, गंगा थामी र वालकृष्ण रायलाई धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना। जय नेपाल।’
यसअघि मेयरका उम्मेदवार ईश्वर मानन्धरसँगै वडाध्यक्ष थामीले यसपालि कांग्रेसले जित्ने दाब िगरेका थिए । उनले उनको क्षेत्रमा लामो समयदेखि नेकपा एमालेले मनोमानी गरेकाले मतदाता रुष्ट भएकै कारण कांग्रेसलाई मत दिने दाबी गरेका थिए ।