arrow

देउमाई नगरपालिकामा झडप, प्रहरीले गर्‍यो हवाइ फायर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
ilam-deumai-bibad.jpg

इलाम । इलामको देउमाई नगरपालिकामा गठबन्धन र एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरेको छ । 

मतगणना स्थलमा नगरपालिकाका एक जना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि विवाद भएको थियो । गठबन्धनका उम्मेदवारलाई एउटै कोलममा दुई वटा स्वस्तिक छाप राखिएका मतपत्र पाइएपछि बदर गर्ने रणनीति अनुसार चलखेलमा गरिएको भन्दै गठबन्धनले पुनः मतदान गर्नुपर्ने माग गरेको छ । 

पाँच सय मत गणना हुँदा यसरी कर्मचारीसँग तलास गर्दा मतगणना स्थलमा कर्मचारीसँग मोबाइल र स्वस्तिक छाप पाइएपछि गठबन्धन थप आक्रोशित भएको हो । 

आक्रोशित भीडले नगरपालिकाको कार्यालय पनि तोडफोड गरेको छ । केही म्यादी प्रहरी घाइते भएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ