arrow

भीमफेदीमा कांग्रेसले खोल्यो खाता, गठबन्धनका सोमले हराए एमालेकी पञ्चमायालाई

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
bhimfedi-gaupalika1-2079.jpg

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार विजयी भएका छन् । शनिबार सम्पन्न भएको मतगणनाको अन्तिम मत परिणाम अनुसार वडाध्यक्ष उम्मेद्वार सोमबहादुर स्याङ्तान ९ सय १० मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनी पाँच दलीय गठवन्धनको तर्फबाट उम्मेदवार हुन् । निकटतम प्रतिस्पर्धी एमालेकी पञ्चमाया स्याङतानले ६ सय ५५ मत ल्याएकी छिन् । वडा नम्बर १ मा १ हजार ६ सय ४१ मत खसेको थियो भने ७२ मत बदर भएको बताइएको छ ।

यो वडामा गठबन्धनबाट सदस्यहरुमा मुक्ति लामा, राजकुमार स्याक्तान,गोपिनी बिक, सुमित्र थिग विजयी भएकाछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ