काठमाडौं महानगरको मतगणना जारी, वडा १ र ३२ बाट थालियो गणना
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
1.4k
Shares
काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना शुरु भएको छ । आज बिहान पौने १० बजेबाट मतगणना शुरु भएको हो । हिजो नै मतगणना शुरु गर्ने भनिए पनि सर्वदलीय बैठक बस्न ढिलाइ भएको थियो ।
अब बिहान ८ बजेदेखि मतगणना गर्ने भनिएको भए पनि झण्डै दुई घण्टा ढिला भएको थियो । वडा नम्बर १ र ३२ बाट मतगणना शुरू गरिएको हो ।
काठमाडौंमा १ लाख ९१ हजार १८६ मत खसेको थियो ।
विशेषगरी महानगरमा गठबन्धनबाट सिर्जना सिंह, एमालेबाट केशव स्थापित र स्वतन्त्र उम्मेदवार वालेन्द्र शाहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।