arrow

वीरगञ्ज महानगरपालिकाको मतगणना शुरु हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
birgunj-sarabagi.png

वीरगञ्ज महानगरपालिकाको मतगणना शुरु हुँदै
वीरगञ्ज । स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एकमात्र महानगरपालिकाका  वीरगञ्ज महानगरपालिकाको मतगणना आज बिहान १० बजेदेखि शुरु गरिने भएको छ । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालय हुने मतगणनाको कार्यका लागि अहिले सर्वपक्षीय तथा सर्वदलीय छलफल जारी छ । 

छलफलपश्चात् मतगणनाको  अघि बढाइने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो । मतगणनाको तयारीका लागि उक्त विद्यालयको ‘सी’ ब्लकमा  मतगणना कक्षमा  आवश्यक  फलामे तारजालीसहित सिसिटिभी जडान गरिएको हो । 

 जिल्लामा रहेका कूल  १४  पालिकाको विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनमा कूल तीन हजार २९७ जना चुनावी प्रतिष्पर्धामा रहेका छन् । १४ पालिका रहेको  जिल्लामा हाल एक लाख ४८ हजार २८३  महिला र एक लाख ९१ हजार ५३७ जना पुरुष र १६ जना तेस्रोलिङ्गी गरी तीन लाख ३९ हजार ८३६ जना  मतदाता रहेका थिए । 

जिल्लाको जिराभवानी  र ठोरी गाउँपालिकाको मतगणना शुरु भएको छ । अन्य पालिका मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत  पौडेलले जानकारी दिनुभयो ।जिल्लामा मधेस प्रदेशको एकमात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीन नगरपालिका र १०  गाउँपालिका रहेका छन् । अधिकांश पालिकामा सर्वपक्षीय छलफल भइरहेकाले त्यसपश्चात् मतगणनाको काम अघि बढाइने उनले बताए । 

मतगणनास्थलमा आवश्यक फलामे तारजालीसहित सिसिटिभी जडान गरिएको छ  । विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनमा लागि कूल तीन हजार २९७ जना चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा हाल एक लाख ४८ हजार २८३  जना महिला र एक लाख ९१ हजार ५३७ पुरुष र १६  तेस्रोलिङ्गी गरी तीन लाख ३९ हजार ८३६ मतदाता रहेका थिए  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ