arrow

सिन्धुली : मरिणमा मतगणना शुरु, बन्दीपुर र चैनपुरमा पुनःमतदान गर्न एमालेको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
sindhuli.png

सिन्धुली । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको विभिन्न पालिकामा मतगणना  शुरु भएका छन् । जिल्लाको मरिण गाउँपालिकामा मतगणना शुरु भएको छ । अन्य स्थानीय तहमा पनि मतगणना गर्न सर्वदलीय बैठक बस्दैछ ।

मरिणको वडा नं १ बाट मतगणना शुरु गरिएको हो । हालसम्म ५४३ मतगणना सम्पन्न भएको जनाइएको छ । यस्तै हरिहरपुरगढी गाउँपालिकामा मतगणनाको तयारी गरिएको छ । बिहान ७ बजेदेखि मतगणना गर्ने सहमति भए पनि ढिलागरी मतगणना शुरु हुन लागेको हो । 

दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, कमलामाई नगरपालिका, घ्याङलेख गाउँपालिका, गोलञ्जोर गाउँपालिकामा बिहान ९ बजेदेखि मतगणना गर्ने बताइएको छ ।

सुनकोसी गाउँपालिकामा बिहान सर्वदलीय बैठक राखिएको निर्वाचन अधिकृत लक्ष्मी पाण्डेले जानकारी दिए । उनका अनुसार नेकपा (एमाले)ले बन्दीपुर र चैनपुरमा पुनःमतदानको माग गर्दै निवेदन दिएको छ ।

निर्वाचन अधिकृत पाण्डेले उक्त स्थलमा झडप भएको र पछि मतदान भएको बताए । सर्वदलीय बैठकपछि के गर्ने भन्ने निर्णय हुने उनको भनाइ छ । 

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी पुष्पाकुमारी झाका अनुसार जिल्लामा ६९ प्रतिशत मतदान भएको छ । जिल्लाको केही स्थानीय तहबाट विवरण प्राप्त नभएकाले यो प्रक्षेपण गरिएको हो । 

जिल्लामा कति प्रतिशत मत खस्यो भन्ने विषयमा स्थानीय तहमा खटाइएका निर्वाचन अधिकृतसँग विवरण माग गरिएको उनले जानकारी दिए ।

दुधौली नगरपालिकामा ७०.६२, कमलामाई नगरपालिकामा ६८, सुनकोसी गाउँपालिकामा ६६, हरिहरपुरगढीमा ६८  र फिक्कल गाउँपालिकामा ७२.७३ प्रतिशत मतदान भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ