arrow

सल्यानका चार स्थानीय तहमा कांग्रेस अघि : एमाले, माओवादी र समाजवादी एक पालिकामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
salyan-district.png

सल्यान । जिल्लाका सात स्थानीय तहका मत गणना जारी छ । बाँकी तीन  तहमा मतगणना सुरु गर्नेगरी तयारी भइरहेको छ । अहिलेसम्म शारदा नगरपालिका सहित दार्मा , सिद्धकुमाख, कुमाख, छत्रेश्वरी, त्रिवेणी र कपुरकोट गाउँपालिकामा मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । 

बाँकी बनगाड कुपिण्डे र बागचौर नगरपालिका र कालीमाटी गाउँपालिकामा मतगणना सुरु गर्नेगरी तयारी भइरहेको छ । हालसम्मको मतगणनाअनुसार नेपाली कांग्रेसले शारदा नगरपालिका सहित दार्मा र सिद्ध कुमाख र कुमाख गाउँपालिकामा अग्रता लिएको छ ।

एमालेले त्रिवेणी गाउँपालिाका, माओवादी केन्द्रले छत्रेश्वरी गाउँपालिका र समाजवादीले कपुरकोट गाउँपालिकामा प्रारम्भिक नतिजामा अग्रता लिएका छन् ।  

 जिल्लामा नेपाली कांग्रेसले एकल उम्मेदवारी दिएको छ भने माओवादी र समाजवादीको गठबन्धन रहेको छ । जिल्लामा एक लाख ५७ हजार १५७ मतदाता रहेकामा एक लाख आठ हजार ८१२ अर्थात् ६८ दशमलव ९९ प्रतिशत मत खसेको निर्वाचन कार्यालयका सूचना अधिकारी प्रवीन चन्दले जानकारी दिए । 

उनका अनुसार जिल्लाभर शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको र केही स्थानीय तहमा मतपेटीका गणनास्थलसम्म ल्याउन ढिला भएकाले अहिले मतगणना सुरु गरिएको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ