बुटवलमा ३०० मत गन्दा काङ्ग्रेसको अग्रता, पछ्याउँदै राप्रपा
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
889
Shares
बुटवल। बुटवल उपमहानगरपालिकामा अहिलेसम्म ३०० मत गणना भएको छ। पछिल्लो विवरण अनुसार मेयरमा काँग्रेसका खेलराज पाण्डेले सुरुवाती अग्रता लिएका छन् । उनले १३० मत ल्याएका छन्।
परिणाम अनुसार बुटवलमा राष्ट्रिय प्रजातन्त्र पार्टी दोस्रो स्थानमा छ। राप्रपाका मृगेन्द्रकुमार शेरचनले ६६ मत ल्याएका छन्। तेस्रो स्थानमा एमाले छ। एमालेका बाबुराम भट्टराईले ४५ मत पाएका छन्। बुटवलको वडा नम्बर १ बाट मतगणना सुरु भएको हो। बुटवलमा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ।