विराटनगर प्रमुखका उम्मेदवार नागेश कोइरालाले गरे मतदान
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
913
Shares
मोरङ । नेपाली कांग्रेसबाट विराटनगर महानगरपालिकामा प्रमुख पदका प्रत्यासी नागेश कोइरालाले मतदान गरेका छन् । उनले महानगरपालिकाको सरस्वती उच्च माविको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
स्थानीय तहको निर्वाचन अन्तर्गत आज एकैपटक ७५२ पालिकामा मतदान भइरहेको छ । कपिलवस्तुको एक पालिकामा भने जेठ ३ गते मतदान हुनेछ ।