arrow

अदालत जेठ २ गतेसम्म बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
Supreme-Court_nepal.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ । सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले बिहीबार जारी गरेको सूचनामा यही बैशाख ३० गतेदेखि आगामी जेठ २ गतेसम्म स्थानीय तहको निर्वाचन एवं सार्वजनिक बिदा परी लगातार चार दिन अदालत बन्द रहने उल्लेख छ । 

 अदालतले न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम आगामी जेठ २ गते सोमबारका दिन बन्दीप्रत्यक्षीकरणको सुनुवाइ गर्ने प्रयोजनार्थ बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म सर्वोच्च अदालत खुला रहने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ