राष्ट्रपति बन्दै गरेका तानाशाहका छोरा भन्छन्- ‘मलाई मेरा पुर्खासँग दाँजेर हैन काम हेरेर न्याय गर्नुहोस्’
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २८ बुधबार
752
Shares
काठमाडौं । फिलिपिन्सका पूर्व तानाशाह फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियरले मंगलबार भारी मतले राष्ट्रिपतीय निर्वाचन जित्न सफल भएका छन् ।
राष्ट्रपतिमा जित हासिल गरेसँगै फर्डिनान्डले परिवारको विगत हेरेर नभई आफ्नो काम हेरेर आफूमाथि फैसला (मूल्यांकन) गर्न आग्रह गरेका छन् ।
‘मलाई मेरा पुर्खासँग दाँजेर हैन काम हेरेर न्याय गर्नुहोस्’, मार्कोसले भनेको कुरा उनका प्रवक्ता विक रोड्रिग्वेजले विज्ञप्ती जारी गर्दै बताएका छन् ।
प्रवक्ता रोड्रिग्वेजले अघि भनेका छन्, यो सबै फिलिपिनी र लोकतन्त्रको जित हो।’
सन् १९८६ मा जन विद्रोहमा आफ्ना बुबाको २० वर्षको तानाशाही अन्त्य हुँदा मार्कोस र उनको परिवार अमेरिकाको हवाई भागेका थिए ।
सन् १९९१ मा फिलिपिन्स फर्केका मार्कोस सांसद र सिनेटर भइसकेका छन्। सोमबारको चुनावमा मार्कोसले आफ्ना प्रतिद्धन्द्धी लेनी रोब्रेडोको भन्दा झण्डै दोब्बर करिब ३ करोड १० लाख मत पाएका छन्।