arrow

काठमाडौं र भक्तपुरका प्रशासनिक सेवा दुई दिन प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २८ बुधबार
CDO-Office-KTM.jpg

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं र भक्तपुरले स्थानीय तह निर्वाचनका लागि कर्मचारीहरू खटिएकाले यही वैशाख २८ र २९ गते कार्यालयको सेवा प्रभावित हुने जनाएको छ । 

‘स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गर्नका लागि कार्यालयमा कार्यरत कर्मचारीहरूसमेत खटिएकाले यही २८ र २९ गते कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित हुने सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ’, दुवै प्रशासन कार्यालयद्वारा जारी सूचनामा जनाइएको छ । 

यही वैशाख ३० गते एकै दिन मुलुकका ७५३ वटै स्थानीय तहमा निर्वाचन हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ