arrow

माओवादीको खुकुरी प्रहारबाट तरुण दल नेता बुढामगर गम्भीर घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
local-level-election-2079.jpg

रोल्पा । रोल्पाको गङ्गादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् । 

घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको कांग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिए । 

तरुणदलका वडाध्यक्ष बुढामगरको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ । घटनापछि  प्रहरी नायब उपरीक्षक विनोद घिमिरे नेतृत्वको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थमन जिसीले जानकारी दिए । 

घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ