arrow

मतदाताका घरदैलोमा उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
birgunj-umbedwar.PNG

वीरगञ्ज । विभिन्न राजनीति दलका उम्मेदवारले मतदाता रिझाउन घरदैलो गर्ने कामलाई तीव्रता दिइरहेका छन् । 

पर्सा जिल्लामा मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज सहित तीन नगरपालिका र ११ गाउँपालिकाका  छन् । ती दल तथा स्वतन्त्र उम्मेदवार  आ-आफ्नो पार्टीको घोषणापत्रसहित स्थानीयस्तरका विकास निर्माणका एजेण्डा राखेर प्रतिबद्धतासहित  मतदाताको घरदैलोमा पुग्न व्यस्त देखिन्छन् ।

फरकफरक शैलीमा फरकफरक राजनीतिक दलका वा स्वतन्त्ररुपमा उम्मेदवार दिएका सबैजसो उम्मेदवार सकेसम्म सबै मतदाताको घरदैलोमा पुग्ने गरी उम्मेदवारले बिहानदेखि रातिसम्मै प्रचारप्रसारमा लागेका छन् ।  पालिकावासीको समृद्धिका लागि  खटिने प्रण गर्दै उम्मेदवारले आवश्यकताअनुसार पालिकाको विकास निर्माणलगायतका चौतर्फी  विकास गर्ने  एजेण्डा मतदाताका माझ उम्मेदवारले प्रस्तुत गर्दै आएका छन् ।
 
मतदाता पनि यस पटक उम्मेदवारले चुनावी एजेण्डा वा प्रतिबद्धता सार्वजनिक गरे पनि अधिकांश उम्मेदवार निर्वाचन जितेपछि यसअगावै निर्वाचनमा विजयी भएको उम्मेदवारले यसबारे सतप्रतिशत कार्यान्वयनमा जोड नदिएको आरोप लगाउँदै आएका छन् । यसरी प्रत्यासीले प्रतिबद्धता व्यक्त गरेर मतदातालाई आ-आफ्नो पक्षमा रिझाउने कसरत तीव्र बनाइरहँदा कतिपय मतदाताले भने महत्वाकाङ्क्षी र ठूला आश्वासन बाँड्न थालिएको भन्दै टिप्पणी गर्न थालेका छन् ।

वीरगञ्ज महानगरपालिकाबाहेक अन्य सबैजसो पलिकामा राजनीतिक दलहरुबीच चुनावी तालमेल देखिएको छैन ।  महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)  र  जनता समाजवादी पार्टी (जसपा)का बीच  तालमेल भएको छ भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेल भएको छ । महानगरपालिकाबाहेकका अन्य पालिकामा राजनीतिक दलहरु बीच खासै तालमेल भएको छैन ।

जिल्लामा १६७  मतदानस्थल र ४०४  मतदान केन्द्र  निर्धारण गरिएको छ । जिल्लामा तीन लाख ३९ हजार ८३६ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको  छ  । ती मध्ये पुरुष मतदाता एक लाख ९१ हजार ५३७  र  महिला मतदाता एक लाख ४८ हजार २८३ र अन्य मतदाता १६ छन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ