arrow

उपेन्द्रका छोरा, महतोका दाजु, राउतकी श्रीमती उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
upendra-mahahat-raut.jpg

जनकपुर । मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकामा उपमेयरको उम्मेदवार बनाएका छन्। सत्तारूढ गठबन्धनको तर्फबाट यादवले छोरालाई उपमेयरको उम्मेदवार बनाएका हुन्। अमरेन्द्र जसपाको विराटनगर अध्यक्ष हुन्। 

आफ्नो भागमा विराटनगरको मेयर लिन सत्तारुढ गठबन्धनसँग अध्यक्ष यादवले अन्तिम समयसम्म प्रयास गरेका थिए । मेयर पाउन नसक्ने भएपछि उपमेयरमा अडान राखेका थिए । उपमेयर पनि नपाए गठबन्धनबाट बाहिरिने सम्मको चेतावनी उनले दिएका थिए । 

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले आफ्ना दाजु महेन्द्र महतोलाई सर्लाही चन्द्रनगर गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले श्रीमतीलाई नै गाउँपालिका उपाध्यक्ष पदको उम्मेदवार बनाएका छन् । राउतकी पत्नी जलेखा खातुनलाई पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाइएको  छ। खातुनले सोमबार जनता समाजवादी पार्टीबाट उपाध्यक्षमा मनोनयन पत्र दर्ता गराएकी हुन् ।

पार्टी र राजनीतिमा सक्रिय नहरेकी खातुनलाई मुख्यमन्त्री राउतले आफ्नो जोडबलमा उपाध्यक्षको उम्मेदवार बनाएका छन् ।

मधेस आन्दोलनका शहीद सोहन साह कलवारकी पत्नी विनीता साह कलवारलाई जसपाले टिकट नदिएपछि उनले विवेकशील साझा पार्टीबाट वीरगञ्ज-१६ को वडाध्यक्षमा उम्मेदवारी दिएकी छिन।

जबकि शहीद पत्नी विनीता २०७४ को निर्वाचनमा महिला सदस्यमा जसपाबाटै निर्वाचित भएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ